
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार आठ सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार आठ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा एक सय ७५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला पाँच हजार ५५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला चार हजार आठ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 




















