संगालोखबर


विराटनगर । विराटनगरका महिलाहरूलाई स्वस्थ स्न्याक्स बनाउने तालिम दिइएको छ । उद्योग संगठन मोरङ महिला उद्यम समितिको आयोजना तथा एस्पायर कलेजको समन्वयमा स्वास्थ्य मैत्री र बजारमुखी खाजा बनाउने व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिएको हो ।

२ दिन सञ्चालन भएको तालिममा महिलाहरूलाई स्वस्थ स्न्याक्स बनाउने तरिका सिकाइएको छ । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले मानिसहरूमा स्वास्थ्य प्रतिको सचेतना अभिवृद्धि भइरहेको सन्दर्भमा पोषणयुक्त, सुरक्षित र स्वच्छ खानाको माग पनि वृद्धि भएको बताए ।

Advertisement

सोही आवश्यकतालाई मध्यनजर गरी उद्योग संगठन मोरङले तालिम आयोजना गरेको उनले जानकारी दिए । सहभागी महिलाहरूले सिकेको सीपलाई व्यवसायिक अवसरमा रूपान्तरण गर्ने उनले विश्वास व्यक्त गरे ।

उद्योग संगठन मोरङको कार्यसमिति सदस्य एवं महिला समिति इन्चार्ज किरण ब्यासले आजको परिवेशमा स्वस्थ खाजा उत्पादन आयआर्जनको राम्रो माध्यम बन्न सक्ने बताइन् । उनले यस प्रकारको तालिमले महिलाहरूमा रहेको सीपलाई व्यवसायिक रूपान्तरण गर्न प्रेरित गर्ने उल्लेख गरिन् ।

त्यसैगरी महिला उद्यम समिति संयोजक जयन्ती आचार्यले तालिमले परिकार बनाउने मात्र नभइ त्यसलाई आम्दानीको स्रोतमा रूपान्तरण गर्ने सोच विकास गराउने बताउँदै आधुनिक प्रस्तुतीकरण र आकर्षक प्याकेजिङको महत्वमा जोड दिइन् । राम्रो उत्पादनसँगै राम्रो प्रस्तुति भएमा मात्र बजारमा प्रतिस्पर्धा गर्न सकिने उनको भनाइ छ ।

तालिमका प्रशिक्षक अखिलेश प्रताप सिंहले सहभागीहरूलाई स्वस्थ स्न्याक्स निर्माणका व्यावहारिक विधिहरू सिकाएको जानकारी दिए । स्वच्छता, खाद्य सुरक्षा तथा व्यावसायिक खाजा व्यवस्थापन सम्बन्धी ज्ञानले जिम्मेवार उद्यमी बन्न सहयोग पुग्ने उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!