संगालोखबर
फाइल तस्बिर

विराटनगर । विराटनगर विमानस्थलबाट दुई जना पक्राउ परेका छन । काठमाडौं जान लागेका दुई जना यात्रु स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित पक्राउ परेका हुन् ।

मोरङ प्रहरीका डीएसपी कोपिला चुडालका अनुसार नियमित जाँचका क्रममा शनिबार दिउँसो करिब ३ः३५ बजेतिर उनीहरूलाई पक्राउ गरिएको हो ।

Advertisement

श्री एयरलाइन्सको उडानमार्फत काठमाडौं जान लागेका भारतको माल्दा जिल्ला सुजागञ्ज घर भएका ३६ वर्षीय मोहिदिल अलीलाई नियन्त्रणमा लिइएको उनले बताइन् । अलीले बोकेको झोलाभित्र नेपाली १५ लाख ९८ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै शुक्रबार राति ८ बजेतिर सुनसरीको धरान-१८ का ३५ वर्षीय दिलिप तामाङलाई प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरको उडानमार्फत काठमाडौं जान लागेका बेला नियमित सुरक्षा जाँचका क्रममा उनी पक्राउ परेका हुन् ।

तामाङको साथबाट नेपाली ११ लाख रुपैयाँ बरामद भएको डीएसपी चुडालले बताइन् । उनका अनुसार दुवै जनाबाट जम्मा २६ लाख ९८ हजार रुपैयाँ फेला परेको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!