संगालोखबर

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा लागूपदार्थ दुर्व्यसनीविरुद्ध सचेतना कार्यक्रम सञ्चालनका लागि विराटनगरमा प्रशिक्षकहरूलाई तालिम आयोजना गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा प्रदेश स्काउट कार्यालय विराटनगरले प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको हो ।

Advertisement

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले तालिम उद्‌घाटन गरेका छन् । तालिम उद्‌घाटन गर्दै मन्त्री पराजुलीले समाजमा लागूपदार्थ दुर्व्यसनी बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै यसलाई रोकथाम गर्न सबैले आ–आफ्नो क्षेत्रवाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

तीन दिनसम्म सञ्चालन हुने तालिममा कोशी प्रदेशका ५० जना स्काउट लिडर तथा रोभर/रेन्जरहरूको सहभागिता छ । सहभागीहरूलाई प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरियासहित अन्य सम्बन्धित विषयका विशेषज्ञहरूले प्रशिक्षण दिदैछन् ।

यो तालिम पश्चात् कोशी प्रदेशका २० वटा स्थानीय तहमा स्थानीय स्काउट कार्यालयहरूको व्यवस्थापनमा प्यानल डिस्कसन कार्यक्रम सञ्चालन गरिने स्काउटका प्रदेश अधिकृत नवराज घिमिरेले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!