संगालोखबर


विराटनगर । विराटनगरको ग्रिनल्याण्ड कलेजले विद्यार्थीहरूलाई सीप विकास सम्बन्धी तालिम दिएको छ । कलेजले कक्षा १२ मा अध्ययनरत ३६० जना विद्यार्थीलाई विभिन्न १४ प्रकारका तालिम दिएको हो ।

वैशाख १२ देखि १६ गतेसम्म आयोजित तालिम समापन कार्यक्रममा विद्यार्थीहरूले सिकेको सीपको प्रदर्शनी गरेका छन् । कलेजले अघि सारेको एक विद्यार्थी एक सीप कार्यक्रम अन्तरगत पहिलो पटक तालिमको आयोजना गरिएको प्रिन्सिपल दिनेश दाहालले जानकारी दिए ।

Advertisement

‘विद्यार्थीले अध्ययनसँगै सीप पनि हासिल गरुन् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको हो’, उनले भने, ‘पहिलो पटक यस्तो प्रकारको व्यवहारिक तथा जीवनोपयोगी सीप प्रदान गरिएको हो ।’

सीप विकास तालिम हरेक वर्ष आयोजना गरिने उनले बताए । कलेजका निर्देशक पवन साहले सरकारले सीप विकासलाई प्राथमिकता दिएर पाठ्यक्रम निर्माण गर्नुपर्ने धारणा राखे । अध्ययन पुरा गर्ने बित्तिकै विद्यार्थीले रोजगारी नपाउने हुँदा सीप हासिल गर्दा आफै स्वरोजगार बन्न सक्ने उनले बताए ।

कलेजले विद्यार्थीलाई बाढी थाहा पाउने प्रविधि, स्मार्ट पार्किङ, स्मार्ट घर सञ्चालन प्रविधि, माटो अनुगमन तथा स्मार्ट सिँचाइ प्रणाली, वनस्पतिको बोन्सार्य प्रविधि र गतिशील पहिचान प्रणाली सीप सिकाएको छ ।

यस्तै ग्यास लिकेज प्रणाली, कलमी लगाउने विधि, मौसमको पूर्व जानकारी दिने प्रणाली, एलइडी बल्ब निर्माण, बायु गुणस्तर अनुगमन र एआईमा आधारित वर्षा प्रविधि लगायतका सीप प्रदान गरिएको छ । विद्यार्थीहरूलाई नेपाल र भारतका १४ जना प्रशिक्षकहरूले सीप सिकाएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!