संगालोखबर


विराटनगर । विराटनगरस्थित जुट मिल्सको जग्गामा अनधिकृत रूपमा बसोबास गर्दै आएका व्यक्ति तथा भाडा नतिरी व्यापार गरिरहेका व्यापारीहरूलाई हटाइने भएको छ । आगामी एक साताभित्र त्यस्ता व्यक्ति तथा व्यापारीलाई हटाउने योजना बनाइएको हो ।

हटताली हाट, दक्षिण गेट र हरिनगरा भट्टा आसपासका क्षेत्रमा अवैध रूपमा बसोबास गर्दै आएका करिब ६ सय परिवार र सडक किनारमा भाडा नतिरी सञ्चालन भइरहेका झन्डै ३० वटा पसललाई खाली गराइनेछ । यो सबै करिब १४ बिघा जमिनमा फैलिएको छ ।

Advertisement

सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कार्कीका अनुसार संघीय सरकारको निर्णयअनुसार हटाउने प्रक्रिया सुरु भइसकेको छ । सडक किनारका केही पसलबाहेक अधिकांशले भाडा नतिरेको समितिले जनाएको छ । भाडा तिर्नेहरूलाई वैकल्पिक व्यवस्था गरिने र नतिर्नेहरूबाट प्रशासनमार्फत असुली गरिने जनाइएको छ ।

वि.सं. १९९३ मा स्थापना भएको यो उद्योग नेपालकै पुरानो उद्योग हो । जसले देशभर औद्योगिक विकासको सुरुवात गराएको थियो । तर २०७० सालदेखि बन्द रहेको यो मिल अहिले जीर्ण अवस्थामा पुगेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!