संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ बढेको हो ।

आज सुनको मूल्य तीन लाख पाँच सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला दुई लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँ बढेर पाँच हजार ४५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला चार हजार नौ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!