संगालोखबर
फाइल तस्बिर

विराटनगर । कोशी प्रदेशमा सवारी दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहेको छ । चैत महिनामा भएका कुल ५ सय २८ दुर्घटनामा ३१ जनाले ज्यान गुमाएका छन् ।

उक्त दुर्घटनामा ८ सय ७० जना घाइते भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक सन्तोष श्रेष्ठका अनुसार सबैभन्दा बढी दुर्घटना चालकको लापरबाहीका कारण भएका छन् ।

Advertisement

ट्राफिक नियम उल्लङ्घनका कारण ४३, गलत ओभरटेकका कारण ९३, मादक पदार्थ सेवनबाट ३२, चालकको अक्षमताका कारण १२ र अन्य लापरबाहीका कारण २३० वटा दुर्घटना भएका छन् ।

यस्तै सवारी साधनका कारण २१, यात्रुका कारण ५७, सडकको अवस्थाका कारण २२, मौसमका कारण २ र पशुचौपायाका कारण ४ वटा दुर्घटना भएका श्रेष्ठले जानकारी दिए ।

उक्त अवधिमा ७ हजार ८० वटा सवारी साधनलाई कारबाही गर्दा ८० लाख ४२ हजार ५०१ रुपैयाँ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सो अवधिमा १ हजार ८ सय १४ पटक सचेतनामूलक कार्यक्रम गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!