संगालोखबर


विराटनगर । विराट गाेल्डकपमा चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै घरेलु टाेली सम्राट स्पाेर्टङ क्लब फाइनलमा प्रवेश गरेकाे छ ।

आज भएकाे अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइजलाई ३-० गाेल अन्तरले पराजित गर्दै सम्राट फाइनलमा प्रवेश गरेकाे हाे ।

Advertisement

पहिलाे हाफ गाेलरहित बराबरी भएपनि सम्राटले दाेस्राे हाफकाे सुरुवाती चरणमै गाेल गरेकाे थियाे । सम्राटका लागि साैरभ तामाङ, आदित्य तामाङ र विवेक राईले गाेल गरे ।

यसअघि झापा-११ फाइनलमा प्रवेश गरिसकेकाे छ । शनिबार हुने फाइनलमा घरेलु टाेली सम्राटले झापा-११ सँग भिड्ने छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!