
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज पनि चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज चाँदी प्रतितोला ६० रुपैयाँले बढेर प्रतितोला चार हजार आठ सय ९५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला चार हजार आठ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













