
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर चार हजार चार सय रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला चार हजार चार सय २० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













