संगालोखबर


धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुर साफुमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । उँधौली चासूवा तङनाम पर्वको अवसरमा मंसिर १६ देखि १८ गतेसम्म विविध कार्यक्रम गर्न लागिएको हो ।

किरात याख्या छुम्मा ७ नम्बर कार्य समितिको आयोजना तथा महालक्ष्मी नगरपालिका र वडा नम्बर ७ को प्रायोजनमा वडास्तरिय भलिवल प्रतियोगिता सञ्चालन हुनेछ । यस्तै डाकेनी नाच, च्याब्रुङ नाच र विविध सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको छ ।

Advertisement

१८ गते गायक साईल लिम्बु, गायिका मन्मा बि राई र जुनी खालिङ्ग राईलगायतले प्रस्तुती दिनेछन् । यस्तै भलिबलको फाइनल पनि १८ गते नै हुने किरात याख्या छुम्मा ७ नम्बर कार्य समिति अध्यक्ष दनिराज ताम्लीले बताए ।

भलिबल प्रतियोगितामा विजेता हुने टोलीले नगद ३० हजार र उपविजेता हुने टोलीले नगद १५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

यस्तै खुल्ला नृत्य प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार नगद र द्धितिय हुनलाई नगद तीन हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रमबाट दुन्द्रुङ्ग गुफा, जाल्पादेवी मन्दिर र प्रेम पोखरी जस्ता पर्यटकीय स्थलको प्रचार-प्रसारमा टेवा पुग्ने आयोजकको विश्वास छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!