संगालोखबर


विराटनगर । इस्लामी संघ नेपालले राष्ट्रव्यापी ‘मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोग’ जागरण अभियान सञ्चालन गर्ने भएको छ । आज इस्लामी संघ कोशी प्रदेशले विराटनगरमा पत्रकार सम्मेलन गर्दै ६ दिने अभियान सम्बन्धी जानकारी दिएको हो ।

आजबाट सुरु भएको अभियान कात्तिक २९ गतेसम्म सञ्चालन हुने संघले जनाएको छ । संघले युवा पुस्ता मोबाइल र सामाजिक सञ्जालको दुरुपयोगको लतमा फसेको उल्लेख गर्दै त्यसलाई सही काममा मात्रै सदुपयोग गर्न आग्रह गरेको छ ।

Advertisement

सामाजिक सञ्जालमा अश्लीलता, निर्लज्जता, झूटा समाचार, विवादास्पद सामग्री र धार्मिक तथा सामाजिक विचलन व्यापक रूपमा फैलिएको भन्दै संघले दुःख व्यक्त गरेको छ ।

संघले मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग सिर्जनात्मक, शैक्षिक र नैतिक उद्देश्यका लागि प्रयोग गर्न आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!