
विराटनगर । विराटनगर जेसीजको ‘जेसीज सप्ताह-२०२५’ मा पत्रकार शुशीला पाठक र नोबेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजका सञ्चालन सोइना शर्मा सम्मानित भएका छन् ।
पाठकलाई पत्रकारिता क्षेत्र तथा शर्मालाई स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्मान गरेका थिए ।
जेसीज सप्ताहमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । अध्यक्ष प्रीतेशराज दाहालले जेसीज सप्ताहले समाजिक जागरण र युवा सशक्तीकरणको सन्देश फैलाउने मात्र नभए सामाजिक उत्तरदायित्व र नेतृत्वको अभ्यासका लागि उत्कृष्ट प्लेटफर्म प्रदान गरेको उल्लेख गरे ।

संगालोखबर 













