
विराटनगर । विराटनगरको रानी नाका तीन दिनका लागि बन्द हुने भएको छ । भारतको बिहार हुने दोस्रो चरणको विधानसभा निर्वाचनका लागि आज बेलुकाबाट ७२ घण्टा नाका बन्द गर्न लागिएको हो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार आज साँझ ६ बजेदेखि सीमा नाका पूर्ण रूपमा सिल हुनेछ । मतदान सकिएपछि मात्रै सिमा नाका खुल्नेछ ।
तीन दिनको अवधिमा आपतकालीन अवस्थामा बाहेक सीमा क्षेत्रमा आवतजावत गर्न रोक लगाइएको छ ।

संगालोखबर 













