संगालोखबर
फाइल तस्बिर

विराटनगर । विराटनगर महानगरपालिका-३ स्थित बाल सुधार गृहबाट ७ जना ‘बाल बिझ्याइँकर्ता’ फरार भएका छन् । आज साँझ कर्मचारीहरू घर जाने समय पारेर गेट खुल्ने मौकामा उनीहरू फरार भएका हुन् ।

फरारमध्ये एक जना फेला परेका मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले संगालोखबरलाई जानकारी दिइन् । प्रहरीका अनुसार भागेकाहरू १८ वर्षभन्दा माथिका छन् ।

Advertisement

‘सात जना फरार भएकामा जबरजस्ती करणीमा सुधार गृहमा रहेका एक जना फेला परेका छन्’ डीएसपी चुडालले भनिन्, ‘अरु कर्तव्य ज्यान, लागूऔषध र जबरजस्ती करणीका ६ जना फेला परेका छैनन् ।’ फरार भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!