
विराटनगर । विराटनगरमा कौसी खेतीसम्बन्धी तालिम भएको छ । विराटनगर जेसीजको आयोजनामा घरमै सब्जी उत्पादन कसरी गर्न सकिन्छ भन्ने विषयमा तालिम भएको हो ।
‘जमिनबाट नै सुरुवात हुन्छ जीवन, एकले ५ जना लाई सिकाऔं, स्वस्थ खानपान गरौं’ भन्ने नारासहित कौसी खेती सम्बन्धी तालिम आयोजना गरिएको हो ।
सचेतना कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा कृषि अभियन्ता लोकेन्द्र थापाले कौसी खेतीसम्बन्धी तालिम दिएका थिए ।
हरित विराटनगर अभियानका अभियन्ता पारुल क्षेत्रीले शहरमै हरियाली विस्तारका लागि कौसी खेती प्रभावकारी माध्यम भएको बताउँदै सबैले आफ्नो घरको छतलाई उत्पादनशील बनाउनुपर्नेमा जोड दिए ।
सहकारी अध्यक्ष राजन न्यौपाने, विराटनगर जेसीजका पूर्वअध्यक्ष घनश्याम राठी लगायत अतिथिहरूले पनि घरको सानो ठाउँलाई उपयोग गर्दै ताजा र विषरहित तरकारी उत्पादन गर्न तालिम उपयोगी भएको उल्लेख गरे ।
कार्यक्रमका मुख्य संयोजक विराटनगर जेसीजका वरिष्ठ कार्यकारिणी उपाध्यक्ष कविराज दाहालले युवाहरूले कृषिमा नयाँ सोचसहित जोडिनुपर्ने उल्लेख गरे ।

संगालोखबर 













