संगालोखबर

विराटनगर । मोरङको जहदा गाउँपालिका-३ बाट एम्बुलेन्समा गाँजा ओसार-पसार गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार राति बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो ।

Advertisement

एम्बुलेन्स चालक विराटनगर-५ का ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी र एम्बुलेन्ससँगै रहेको को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका-३ का ३२ वर्षीय दिलिप कुमार राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स १ च ६५६ नम्बरको एम्बुलेन्स चेकजाँच गर्दा कालो रंगको झोलामा राखिएको अवस्थामा ३३ किलो ६१० ग्राम गाँजा बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!