संगालोखबर
सांङ्केतिक तस्बिर : एआईको सहयोगमा

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ आदर्श टोलमा एक महिलाले पन्यू तताएर पुरुषको लिङ्ग डामिँदिएकी छन् । आज बिहान करिब चार बजे ३० वर्षीया माझी थरकी महिलाले धनपालथान गाउँपालिका-४ कर्सियाका ३८ वर्षीय पासवान थरका पुरुषको लिङ्ग र मुखमा डामिँदिएकी हुन् ।

प्रहरीका अनुसार मोरङको रंगेली नगरपालिका माझी टोल घर भएकी महिला कटहरीको आदर्श टोलमा डेरा बस्दै आएकी थिइन् । दुबै जना विवाहित भएपनि उनीहरूको पहिलादेखिनै भेटघाट हुनेगरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Advertisement

‘महिलाले श्रीमान छाडेको खुल्न आएको छ’, मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले संगालोखबरसँग भनिन्, ‘पुरुष श्रीमतीसँगै छन् । तर ती पुरुष र महिलाको आउजाउ भइरहँदो रहेछ ।’

महिला फरार रहेकाले के कारणले उनले पुरुषको लिङ्ग र मुखमा पन्यू तताएर डामिन् भन्ने खुल्न बाँकी रहेको डीएसपी चुडालले बताइन् । ‘उनीहरूबीच विवाद भएछ । विवादपछि घटना घटेको पाइएको छ । तर विवादको कारण खुल्न बाँकी छ’, उनले भनिन् । फरार महिलाको खोजी भइरहेको छ ।

घाइते पुरुषको नोबेल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको डीएसपी चुडालले जानकारी दिइन् ।

यसअघि गत असोज २७ गते कटहरी-२ आदर्श टोलमा एक महिलाले धारिलो हतियार प्रहार गरेर ३२ वर्षीय कामत थरका पुरुषको लिङ्ग काटिदिएकी थिइन् । पुरुषको लिङ्गमा गहिरो चोट लागेको थियो । दुबै जनाको घर जहदा गाउँपालिका-३ भएपनि महिला आदर्श टोलमा डेरामा बस्ने गरेको खुलेको थियो ।

उनीहरू दुबै जना विवाहित भएपनि प्रेमी-प्रेमीकाका रूपमा रहेको खुलेको प्रहरीले जनाएको छ । सोही बेला महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा आवेशमा आएर लिङ्ग काटिदिएको बयान महिलाले दिएको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!