संगालोखबर

विराटनगर । काठमाडौंमा मौसम खराब हुँदा विराटनगर विमानस्थलको उडान प्रभावित भएको छ । आज बिहान काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान विराटनगर विमानस्थलमै डाइभर्ट हुँदा उडान तालिका प्रभावित भएको हो ।

Advertisement

विराटनगर विमानस्थलका सूचना अधिकारी प्रकाश भण्डारीका अनुसार काठमाडौंमा अवतरण हुन नसकेपछि विराटनगर नै फर्किएको जहाज पुनः ११ः५४ बजे काठमाडौं उडेको छ ।

भण्डारीका अनुसार आज विराटनगर विमानस्थलबाट जम्मा २० वटा उडान तय भएको थियो । बुद्ध एयरका ८, यति एयरलाइन्सका ७ र श्री एयरलाइन्सका ५ उडान हुने छन् । तर बिहानको अवरोधका कारण आजका सबै उडानहरू करिब १ देखि डेढ घण्टासम्म ढिलो हुने उनको भनाइ छ ।

‘विराटनगरमा मौसम सामान्य छ, तर काठमाडौंको मौसम खराब भएका कारण विराटनगर विमानस्थलको उडान तालिका प्रभावित भयो’, भण्डारीले भने । मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय उडान प्रभावित भएका छन् ।

विमानस्थलका अनुसार प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!