संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका एक कैदी चोरीको स्कुटरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी-२ घर भएका २९ वर्षीय छोटु भनिने अभिषेक जैसवाल छन् ।

उनलाई बुधबार राति १०ः३० बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । विराटनगर-१ नेता चोकबाट को ३८ प ४९७२ नम्बरको स्कुटर चोरी गरेर भागेका उनलाई विराटनगर-१६ दरैयाबाट पक्राउ गरिएको हो ।

Advertisement

चेकजाँचका क्रममा स्कुटरको कागजपत्र नभएको र सोधपुछका क्रममा जैसवाल झुम्का कारागारबाट भागेको पत्ता लागेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।

यसअघि पनि उनी मोटरसाइकल चोरी काण्डमा पक्राउ परेका थिए । चोरी मुद्दामा जिल्ला अदालत सुनसरीले दोषी ठहर गर्दै गत जेठ ३० गते उनलाई ५ महिना कैद र १० हजार जरिवानाको फैसला गरेको थियो ।

यस्तै जिल्ला कारागार सिन्धुलीबाट फरार भएका एक जना कैदी मोरङको धनपालथान गाउँपालिका-३ सोराभागबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३९ वर्षीय उपेन मण्डल छन् । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका उनलाई जिल्ला अदालत मोरङले ८ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो ।

प्रहरीका अनुसार ७ वर्ष कैद सजाय भुक्तान गरिसकेका उनी अरु कैदीबन्दीसँगै भदौ २४ गते भागेका थिए । प्रहरीका अनुसार उनलाई यसअघि जिल्ला कारागार मोरङबाट स्थानान्तरण गरेर सिन्धुली पठाइएको थियो । कारागारबाट भागेपछि घरमै आएर बसेका उनलाई इलाका प्रहरी कार्यालय रंगेलीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!