
विराटनगर । विराटनगर महानगरपालिका-९ स्थित रंगेली रोडको मारुती मेडिकल हलमा चोरी भएको छ । मंगलबार राति मेडिकलको सटर खोलेर नगद चोरी भएको हो ।
मेडिकल संचालक अरुण पौडेल मंगलबार राति १०ः३० बजे पसल बन्द गरेर घर गएका थिए । बिहान आउँदा चोरी भएको थाहा पाएको उनको भनाइ छ ।
उनले १५/१६ हजार नगद चोरी भएको सुनाए । विराटनगरकै व्यस्त ठाउँमा यसरी चोरी हुनु दुःखद भएको औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले बताए ।
उनका अनुसार विराटनगरमा औषधी पसलमा ताला फोडेर चोरी भएको यो सम्भवत पहिलो घटना हो । व्यस्त ठाउँमा चोरी भएपछि सुरक्षा व्यवस्था कडा पार्न उनले आग्रह गरेका छन् ।
मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार मेडिकलको सटर खोलेर १५ हजार चोरी भएको हो । चोरीमा संलग्नको खोजी भइरहेको उनको भनाइ छ । ‘२४ सै घण्टा खुल्ला हुने मेडिकल रहेछ’, चुडालले संगालोखबरसँग भनिन्, ‘सटर खोलेर नगद चोरी भएछ । चोरीमा संलग्नको खोजी भइरहेको छ ।’

संगालोखबर 













