संगालोखबर
फाइल तस्बिर

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ आदर्श टोलमा श्रीमतीले लिङ्गमा धारिलो हतियार प्रहार गर्दा श्रीमान घाइते भएका छन् । सोमबार बेलुका करिब ५ बजे ३२ वर्षीय कामत थरका पुरुषको संवेदनशील अंगमा धारिलो हतियार प्रहार भएको हो । 

प्रहरीका अनुसार धारिलो हतियारले प्रहार गर्दा पुरुषको संवेदनशील अंगमा गहिरो चोट लागेको छ । घाइते पुरुषको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । घाइते पुरुषको अवस्था मध्यम रहेको उनको भनाइ छ । 

Advertisement

‘उहाँहरू श्रीमान-श्रीमती हुनुहुँदो रहेछ’, डीएसपी चुडालले संगालोखबरसँग भनिन्, ‘विवादका क्रममा श्रीमतीले गोप्य अंगमा प्रहार गर्दा श्रीमान घाइते हुनुभएको हो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।’ घटनापश्चात प्रहरीले महिलालाई नियन्त्रणमा लिएको छ । 

विवादका क्रममा घटना घटेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि उनीहरूबीच के विषयमा विवाद थियो भन्ने खुल्न बाँकी छ । उनीहरूको घर जहदा गाउँपालिका-३ मा रहेको प्रहरीले जनाएको छ ।

भिडियो…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!