संगालोखबर


विराटनगर । मोरङको रतुवामाई नगरपालिका-७ स्थित ठाकुर चोकबाट पटका बरामद भएको छ । आज बिहान ७ः४५ बजे भारतबाट साइकलमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा पटका बरामद भएको हो ।

करिब एक लाख पाँच हजार मूल्य बराबरको पटका बरामद भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । सिजुवाबाट गस्तीमा खटिएको प्रहरी टोलीलाई देख्‍नासाथ पटका ल्याउँदै गरेका व्यक्ति फरार भएका थिए ।

Advertisement

बरामद भएको पटका इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ । पटका ओसार-पसारमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै आज दिउँसो ३ः४५ बजे विराटनगरबाट बेवारिसे अवस्थामा राखिएको एक लाख ६८ हजार मूल्य बराबरको अवैध कपडा बरामद भएको डीएसपी चुडालले जानकारी दिइन् । विराटनगरको विभिन्न स्थान हुँदै भारतबाट ल्याएर राखेको अवस्थामा बरामद भएको कपडा भन्सार कार्यालय रानीमा बुझाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!