
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले राष्ट्रिय परिचय पत्र दर्ता तथा कार्ड वितरण अनिश्चित कालका लागि स्थगित गरेको छ ।
आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय परिचय पत्र दर्ता तथा कार्ड वितरण स्थगित भएको कार्यालयले जनाएको छ ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडका कारण उपकरण तथा कार्डमा क्षति पुगेका कारण स्थगित गर्नुपरेको सूचनामा उल्लेख गरिएको छ ।


संगालोखबर 













