
विराटनगर । विराटनगर-१४ जतुवाबाट जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । बुधबार राति गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ८५ हजार नौ सय ८५ रुपैयाँ नगदसहित चार जना पक्राउ परेका हुन् ।
घरधनी ४५ वर्षीय राजेश रञ्जितकार सहित स्थानीय सानु खवास, प्रशान्त थापा र विराटनगर-१६ का कैलाश डङ्गोललाई पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।
उनीहरूको साथबाट नगदसहित तीन वटा मोटरसाइकल र तीन वटा मोबाइल फोन समेत बरामद भएको छ । उनीहरूविरुद्ध जुवा ताससम्बन्धि मुद्दा दर्ता गरेर म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको डीएसपी चुडालको भनाइ छ ।

संगालोखबर 













