
विराटनगर । जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनाल बुधबार विराटनगर आए । विमानस्थलबाट अन्य यात्रु सरह नै उनी बाहिरिए ।
विमानस्थलबाट बाहिरिँदा र विमानस्थलमा प्रवेश गर्दा भीआईपी कक्षको प्रयोग नगरी खनाल साधारण यात्रु सरह नै लाइनमा लागेका हुन् । उनी विमानस्थलबाट बाहिरिएपछि विभिन्न कार्यक्रममा जानका लागि साधारण निजी गाडीको प्रयोग गरे ।
उनको स्वागतका लागि विमानस्थलमा भीडभाड पनि कम थियो भने सुरक्षाकर्मीको कडाइ पनि थिएन । जेनजी आन्दोलनपछि विमानस्थलहरूमा भीआईपी कक्ष बन्द गरिएको छ ।
विमानस्थलका सूचना अधिकारी प्रकाश भट्टराईका अनुसार भीआईपी कक्ष बन्द हुँदा पनि मन्त्रीलाई कुनै असुविधा नभएको बताए । उनले उक्त कक्षको प्रयोग नहुँदा पनि भीआईपीलाई कुनै समस्या नभएको उल्लेख गरे ।

संगालोखबर 













