संगालोखबर


विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले भोलिबाट आंशिक सेवा सुचारु गर्ने भएको छ । कार्यालयले आज सूचना जारी गर्दै नाबालक परिचय पत्र, जातीय सिफारिस, ठाडो उजुरी तथा पेन्सन सिफारिस सम्बन्धी सेवा सुचारु हुने जनाएको हो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी तथा तोडफोड भएसँगै सेवा प्रवाहमा समस्या भएको छ ।

Advertisement

आगजनी हुँदा सवारी साधन, कम्प्युटर सेट, प्रिन्टर, स्क्यानर, टेबल, कुर्सी, फर्निचरलगायतका सामग्री नष्ट हुँदा नियमित सेवा प्रवाहमा अवरोध भएको कार्यालयले जनाएको छ ।

नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, राहदानी तथा राष्ट्रिय परिचयपत्र लगायतका सेवा अनिश्चितकालका लागि बन्द रहने कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!