संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । विराटनगर महानगरपालिका-४ दुधफारम अगाडि भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सर्लाही घर भई हाल सुन्दरहरैंचा-४ बस्ने प्रदीपबहादुर भण्डारीको मृत्यु भएको हो ।

शनिबार साँझ बरगाछीबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०१-०१५ प २१९७ नम्बरको स्कुटरले बाटो काट्दै गरेको नम्बर नखुलेको सिटी सफारीलाई पछाडिबाट ठक्कर दिएको थियो ।

Advertisement

प्रहरीका अनुसार सफारीलाई ठक्कर दिएको स्कुटर अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा स्कुटर चालक भण्डारी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!