संगालोखबर


विराटनगर । जेनजी आन्दोलनका क्रममा मोरङका विभिन्न सरकारी तथा निजी संरचनामा क्षति पुगेको छ । भदौ २४ गतेको आन्दोलन अराजक बन्दा विभिन्न कार्यालयमा लुटपाट, तोडफोड तथा आगजनी हुँदा ठूलो क्षति भएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ७३ वटा सङ्घीय कार्यालयमध्ये २१ वटामा क्षति भएको छ । यस्तै ३९ वटा प्रदेश कार्यालयमध्ये १४, स्थानीय पालिका भवन १० र ५८ वटा वडा कार्यालयमा क्षति पुगेको यादवले जानकारी दिए ।

Advertisement

प्रजिअ यादवका अनुसार १५ वटा निजी घर, संस्थान १, व्यापारिक भवन ३, अन्य सङ्घसंस्था ४ र ८ वटा पार्टी कार्यालयमा क्षति पुगेको छ । यस्तै जनपथ प्रहरीको १७ वटा पोष्ट तथा कार्यालय र सशस्त्र प्रहरीको ४ पोष्टमा क्षति पुगेको छ ।

कति सवारी साधन क्षति भए भन्ने खुल्न बाँकी छ । अहिलेसम्म कति रकम बराबरको क्षति भयो भन्ने यकिन भइनसकेको र क्षतिको विवरण सङ्कलन भइरहेको यादवले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!