संगालोखबर


विराटनगर । मोरङका सरकारी कार्यालयका प्रमुखहरूको आकस्मिक बैठक बसेको छ । आज मोरङ उद्योग व्यापार संघको सभाहलमा भएको आकस्मिक बैठकमा विभिन्न निर्णयहरू भएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जेनजीको आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडबाट भएको क्षतिको विवरण मुचुल्का तयार गर्ने लगायतका निर्णय भएका छन् ।

Advertisement

यस्तै क्षति भएका सामग्रीको रकम यकिन गर्ने, सकभर छिटो सेवा प्रवाहको व्यवस्थापन गर्ने र सेवा दिन नसकिने अवस्था भए सोको सूचना सेवाग्राहीलाई प्रवाह गर्ने निर्णय भएका छन् ।

वडाबाट दिइने सिफारिस जिल्ला प्रशासन कार्यालय र मालपोत तथा नापी कार्यालय सुचारू नहुन्जेलसम्म नदिने, जनजिवन सामान्य हुँदै गरेको आभास हुने गरि समन्वय तथा सन्चार गर्ने निर्णय भएका प्रजिअ यादवले जानकारी दिए ।

यादवका अनुसार मोरङमा रहेका संघीय र प्रदेशस्तरीय करिब सबै कार्यालयहरू जलेर ध्वस्त भएका छन् । स्थानीय तहका १७ वटा कार्यालयमध्ये कटहरी गाउँपालिका, रतुवामाई नगरपालिका र बुढीगंगा गाउँपालिका बाहेक १४ वटामा क्षति पुगेको उनको भनाइ छ । उनका अनुसार वडा कार्यालयहरूमा पनि क्षति पुगेको छ ।

भोलि जिल्ला विपद् व्यवस्थापन समिति (डिडिएमसी) का बैठक बस्ने प्रजिअ यादवको भनाइ छ । प्रशासन कार्यालयको खरानी हुनबाट बचेको एउटा सटरबाट यादवले आफ्नो काम शुरु गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!