संगालोखबर


विराटनगर । विराटनगरबाट ठूलो परिमाण गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी-५ की २० वर्षीया सन्जु तामाङ, २२ वर्षीय निखिल घिमिरे र विराटनगर-१८ का श्यामकुमार यादव छन् ।

विराटनगर-१५ बाट शनिबार राति करिब ११ः३० बजे बन्दाकोपी लोड भएको मे १ च ५८२६ नम्बरको बोलेरो गाडीबाट २ सय ६२ किलो ५ सय ८० ग्राम गाँजा बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ ।

Advertisement

मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । उत्तरबाट दक्षिणतर्फ तीव्र गतिमा गइरहेको उक्त गाडीलाई प्रहरीले चेकजाँच गर्न खोज्दा चालकले गाडी भगाएका थिए । खोजी गर्ने क्रममा नजिकैको सडक किनारमा रोकेर राखेको अवस्थामा फेला पारिएको डीएसपी चुडालले जानकारी दिइन् ।

प्रहरीका अनुसार गाँजामाथि बन्दाकोपी राखिएको थियो । सुरुमा तामाङ र घिमिरे पक्राउ परेका थिए । सोधपुछ गर्दा उनीहरूले गाँजा यादवको रहेको बताएका थिए । त्यसपछि आईसीपी रोड नजिकैबाट यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गाडी चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीको भनाइ छ । गाँजासहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!