
विराटनगर । आज विराटनगरका पेट्रोल पम्प खुलेपछि इन्धन भर्न सवारी साधनको लाइन लागेको छ । जेनजीहरूको प्रदर्शनका कारण उत्पन्न परिस्थितिका कारण लगाइएको निषेधाज्ञा र कर्फ्युका कारण बन्द रहेका पेट्रोल पम्प आज खुल्ला भएका हुन् ।
केही पेट्रोल पम्प भने बन्द नै छन् । खुल्ला रहेका पेट्रोल पम्पमा इन्धन भर्ने सवारी साधनको लामो लाइन लागेको छ ।



संगालोखबर 













