
विराटनगर । मोरङमा आज दिउँसो ४ बजेसम्मका लागि निषेधाज्ञाको समय तोकिएको छ । जिल्ला प्रशासन कार्यालयले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निषेधाज्ञा आदेश जारी गरिएको जनाएको छ ।
बेलुका ७ बजेदेखि शनिबार बिहान ५ बजेसम्म कर्फ्यु आदेश लागू हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । यस्तै बैंक तथा वित्तीय संस्थाहरू सिमित कर्मचारी राखेर सञ्चालन गर्न पनि प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
जेनजी पुस्ताको आन्दोलनका कारण उत्पन्न भएको परिस्थितिलाई मध्यनजर गर्दै मोरङमा भदौ २४ गदेदखि नै निषेधाज्ञा र कर्फ्यु आदेश निरन्तर छ ।

संगालोखबर 













