संगालोखबर

विराटनगर । विराटनगरमा आन्दोलनको मौका छोपेर चोरी गर्ने क्रममा दुई भारतीयसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी गरेर लैजादै गरेको सामानसहित उनीहरुलाई गएराती प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १८ का ७० बर्षीय चन्दन मण्डल र सोही स्थानका ३९ बर्षीय गंगाप्रसाद मण्डल छन् । त्यस्तै, भारतका २० बर्षीय अभिषेक प्रसाद र २५ बर्षीय रामतेश प्रसादलाई पनि चोरी गर्दै गर्दा नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

उनीहरुको साथबाट प्रहरीले ग्रिन नेपाल लेखिएको १२ भोल्टको व्याट्री ७ थान, इनभर्टर ३ थान, सोफा १ थान र अन्य पुराना फर्निचरहरु बरामद गरेको छ । त्यस्तै, मे १ ह ६५०५ नम्बरको टेम्पो, बीआर ३८ एन ४५४१ नम्बर र बीआर ३८ भी २१२९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जेनजीहरुले गरेको आन्दोलनका क्रममा हिजो विराटनगरका अधिकांश सरकारी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । सोही कार्यालयहरुबाट सामान चोरी गरेर लैजादै गरेको फेला परेको हो ।

आन्दोलनको मौका छोपेर अहिले चोरी र लुटपाट गर्नेहरु सक्रिय भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!