संगालोखबर


विराटनगर । विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा ‘एक चिहान’ नामक नाटकको मञ्चन भइरहेको छ । हृदयचन्द्रसिंह प्रधानको उपन्यासमा आधारित ‘एक चिहान’ नाटक एक सातादेखि निरन्तर मञ्चन भइरहेको छ ।

माध्यमिक तहको अनिवार्य नेपालीको पाठ्यक्रममा रहेको उपन्यासलाई विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने उद्देश्यसहित तयारी गरिएको जनाइएको छ । सोही कुरालाई मध्यनजर गर्दै भदौ ११ गतेबाट नियमित नाटक मञ्चन भइरहेको कार्यक्रम संयोजक देवेन्द्र यादवको भनाइ छ ।

Advertisement

दिपेश भण्डारीको परिकल्पना र निर्देशनमा नाटक तयार पारिएको हो । नाटकमा महेश पासवान, सङ्गीता यादव, उद्धव सापकोटा, दिक्षा चौधरी, गौरव खतिवडा, उपासना राई, भरत कार्की, प्रदीप दाहाल लगायतको अभिनय छ ।

यस्तै मञ्च निर्माण विकास पराजुली, ध्वनि परिचालन राज श्रेष्ठ र प्रकाश परिचालन दिपेश भण्डारीले गरेका छन् । नाटक भदौ २७ गतेसम्म मञ्चन हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!