संगालोखबर


विराटनगर । देशभरीका शिक्षकहरूले शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएका छन् । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको आह्वानमा शिक्षकहरूले आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म धर्ना दिएका हुन् ।

नेपाल शिक्षक महासङ्घ मोरङका अध्यक्ष कुमार पोखरेलको नेतृत्वमा शिक्षा विकास तथा समन्वय इकाई मोरङमा पनि शिक्षकहरूले धर्ना दिएका छन् । कार्यक्रममा मोरङका १७ वटै पालिकाबाट शिक्षक नेतृत्व तथा शिक्षकहरू सहभागि थिए ।

Advertisement

प्रस्तावित सङ्घीय शिक्षा विधेयकमा शिक्षकहरूका माग सम्बोधन नभएकाले धर्ना दिएको नेपाल शिक्षक महासङ्घ मोरङका सचिव प्रेम प्रकाश कोइरालाले बताए । यसअघि भदौ १३ गते उनीहरूले पालिकामा दुई घण्टा धर्ना दिएका थिए ।

भदौ २१ गते नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले थप सशक्त आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने सचिव कोइरालाले जानकारी दिए । उनीहरूले जिल्ला समन्वय इकाईमा ज्ञापन पत्र समेत बुझाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!