संगालोखबर


धनकुटा । नेकपा एमाले धनकुटा जिल्ला कमिटीले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा गम्भीरतापूर्वक लाग्न पालिका कमिटीहरूलाई निर्देशन दिएको छ । धनकुटाका सात वटै पालिका कमिटी अध्यक्षलाई पत्र पठाउँदै जिल्ला कमिटीले यस्तो निर्देशन दिएको हो ।

जिल्ला कमिटी अध्यक्ष शिव आङ्लाले जारी गरेको पत्रमा पालिका कमिटी, निर्वाचित जनप्रतिनिधि, पार्टी सदस्य, शुभेच्छुक तथा समर्थकलाई भूमि समस्या समाधान आयोगको कामलाई प्रभावकारी बनाउन सहयोग गर्न आग्रह गरिएको छ ।

Advertisement

भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि विभिन्न आयोग गठन गरिएको भए पनि पूरा समय काम गर्न नपाउँदा समस्या जस्ताको त्यस्तै रहेको पत्रमा भनिएको छ ।

सरकारले भूमि समस्या समाधान आयोगमार्फत २०८२ साउन ३० गते अन्तिमपटक ३५ दिने सार्वजनिक सूचना जारी गरी सम्बन्धित सरोकारवालालाई निवेदन दिन आह्वान गरेको छ ।  यस अवसरबाट कसैलाई पनि वञ्चित हुन नदिने वातावरण निर्माण गर्न एमाले धनकुटाले आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!