संगालोखबर


विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-७ मा नहरले बगाएर ल्याउँदै गरेको अवस्थामा  महिलाको शव फेला परेको छ । आज बिहान करिब ८ः३० बजे सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरले बगाएर ल्याइरहेको अवस्थामा महिलाको शव फेला परेको हो ।

करिब ३०-३२ वर्षीया महिलाको पहिचान खुल्न बाँकी रहेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । ‘बाढीले महिलालाई राति बगाएको हुनसक्छ’, डीएसपी चुडालले संगालोखबरसँग भनिन्’, ‘मृतकको पहिचानका लागि विभिन्न माध्यमबाट कोसिस गरिरहेका छौँ ।’

Advertisement

कानुनी प्रक्रिया पूरा गरेर शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा ल्याइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!