संगालोखबर


विराटनगर । निजी विद्यालय सञ्चालकहरूले आज विराटनगरमा प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति विरोध जनाउँदै आएका निजी विद्यालय सञ्चालकहरूले देशभरसँगै विराटनगरमा पनि कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

प्याब्सन, एनप्याब्सन, हिसान लगायतका निजी विद्यालयका सङ्गठनहरूले संयुक्त रूपमा आन्दोलन गरिरहेका छन् । विद्यालय शिक्षा विधेयकमा पूर्णछात्रवृत्तिको व्यवस्था र गैरनाफामूलक भन्ने व्यवस्था हटाउनु पर्ने लगायतका माग अघि सार्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

Advertisement

विद्यालय शिक्षा विधेयकको प्रतिवेदन संसदीय समितिबाट पास भएर प्रतिनिधि सभामा पेस भइसकेको छ ।

‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनुपर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेसनरी, शैक्षिक सामग्री, खाजाखाना उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर-नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लगायतका माग उनीहरूले अघि सारेका हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!