संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । विराटनगर-१४ आईसीपी रोडको भित्री पक्की सडकखण्डमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोरङको जहदा गाउँपालिका-३ का ४१ वर्षीय रूपेशकुमार राजवंशीको मृत्यु भएको हो ।

आइतबार साँझ आफैँ अनियन्त्रित भएर विराटनगर १ ह १२३४ नम्बरको सिटी सफारीको पछाडि ठोक्किएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका राजवंशीलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सिटी सफारीका चालक २५ वर्षीय मोहम्मद जाहागिरलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!