संगालोखबर


सुनसरी । सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । उनीहरूलाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो ।

शनिबार दिउँसो विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ बसपार्कबाट पैदल हिँडिरहेका दुई जनालाई पक्राउ गरेको छ ।

Advertisement

सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका-८ का २२ वर्षीय लक्ष्मण कटवाल र सोही स्थानका २८ वर्षीय गुमानसिंह घोरसाने छन् ।

क्ट्वालले मलद्वारमा च्यापेर ल्याउँदै गरेको अवस्थामा ब्राउन सुगर फेला परेको डीएसपी खतिवडाले जानकारी दिए । उनको साथबाट तीन ग्राम दुई सय तीस मिलिग्राम ब्राउन सुगर फेला परेको छ ।

यस्तै शनिबार साँझ इनरुवा नगरपालिका-४ बसपार्कबाट नै चार ग्राम सात सय २० मिलिग्राम ब्राउन सुगरसहित मोरङको रंगेली नगरपालिका-३ का ३१ वर्षीय आशिष राईलाई प्रहरीले पक्राउ गरेको छ ।

को ३१ प ९९८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!