संगालोखबर

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले पार्टीभित्र भएका समस्या हल गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Advertisement

मोरङको लेटाङमा आज एमाले नगर कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै नेता राईले पार्टीको लक्ष्य, उद्देश्य र गन्तव्य एउटै भएकाले सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे । ‘पार्टीको लक्ष्य, उद्देश्य र गन्तव्य एउटै हो’, नेता राईले भने, ‘अनावश्यक समस्या निम्त्याउन आवश्यक छैन । कार्यक्षमता, कार्यसम्पादनलाई फराकिलो बनाउँदै व्यवहार र आचरणमा सुधार गर्न सक्नुपर्दछ ।’

उनले एमाले एक ढिक्का भएर थप बलियो बन्दै जाने विश्वास व्यक्त गरे । पार्टीलाई सबै तवरबाट अब्बल बनाउन क्षमतावान पदाधिकारी तथा सदस्यहरू चयन गर्नुपर्नेमा उनले जोड दिए । तोकिएको कार्यक्षेत्रमा पुगेर तोकिएको कार्य गर्न सके मात्रै पार्टीको हित हुने बताउँदै उनले त्यसतर्फ लाग्न नेता कार्यकर्तालाई निर्देशन पनि दिए ।

जनवर्गीय संगठनको माध्यमबाट सदस्यता विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले मिसन ८४ को लक्ष्य हासिल गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्न पार्टी नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नियोजित रुपमा विभिन्न शक्तिहरूले प्रहार गरिरहेको उल्लेख गरे । देशभक्ति भावनाका साथ नेतृत्व गरिरहँदा विक्षिप्‍त भएका शक्तिहरूले अध्यक्ष ओलीलाई प्रहार गर्ने काम गरेको उनको ठम्याई छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!