संगालोखबर


विराटनगर । नेपाली क्रिकेट टोलीका खेलाडी ललित राजवंशीले जनता आवास कार्यक्रम अन्तरगत बनाइदिने भनिएको घर नलिने घोषणा गरेका छन् ।

उनले आफ्नो घर आफैं बनाउन सक्ने भन्दै जनता आवास अन्तरगतको घर नलिने घोषणा गरेका हुन् । विराटनगरका सञ्चारकर्मीसँग कुरा गर्दै ललितले घर जुन समुदायका लागि आवश्यक पर्ने हो त्यही समुदायलाई बनाइदिन आग्रह गरेका छन् ।

Advertisement

उनले आफू भन्दा विपन्न परिवारलाई जनता आवास कार्यक्रम अन्तरगत घर बनाउन सरकारले बजेट विनियोजन गरेको बताउँदै सरकारले सहानुभूति गरेर केही दिन्छ भने लिन भने तयार रहेको बताए ।

क्रिकेटर राजवंशीकी आमा शुभकुमारी राजवंशीको निधन पछि श्रद्धाञ्जली दिन पुगेका प्रदेशसभा सदस्य अमृत अर्यालले केही दिनअघि जनता आवास कार्यक्रम अन्तरगत राजवंशीको घर बनाइदिने बताएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!