संगालोखबर


विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको विधान र प्रक्रिया अनुसार आफ्नो सदस्यता नवीकरण भइसकेको जिकिर गरेकी छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले विधिवत रूपमा सदस्यता नवीकरण गरेको बताएकी हुन् ।

Advertisement

उनले आफूलाई गुट चलाउन नआउने भन्दै त्यसको प्रतिवाद गरेकी छन् । आफू एमालेको सङ्गठित सदस्य र कार्यकर्ता नै रहेको बताउँदै उनले ४५ वर्षदेखि एमालेमा आवद्ध भएर काम गरेको स्मरण गरिन् ।

उनले कार्यकाल सकिएपछि जोसुकै नागरिक पनि सामाजिक वा राजनीतिक जीवनमा फर्किनसक्ने तर्क गर्दै सदस्यता नवीकरण नगर्ने केन्द्रिय कमिटीको निर्णयबारे आफूलाई औपचारिक जानकारी नभएको बताइन् ।

यस्तै उनले आफ्नो अभियान नरोकिने जिकिर गरेकी छन् । काँग्रेस नेता डा. शेखर कोइरालासँगको भेटको विषयलाई एकदमै ठूलो हाउगुजीका रूपमा लिनुपर्ने आवश्यकता नरहेको उनले बताइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!