संगालोखबर


विराटनगर । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राधाकृष्णको नयाँ रथ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्‌घाटन गरेका छन् ।

विराटनगर-१ स्थित राधाकृष्ण मन्दिर परिसरमा आज बिहान आयोजित कार्यक्रममा मेयर कोइरालाले नयाँ रथको पूजा गरी उद्‌घाटन गरेका हुन् ।

Advertisement

सो अवसरमा मेयर कोइरालाले राधाकृष्ण रथयात्रासँग सम्बन्धित म्युजिक भिडियोको विमोचन पनि गरेका छन् । विराटनगर महानगरपालिकाको ४४ लाख ७८ हजार लागतमा प्यागोडा शैलीमा नयाँ रथ निर्माण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले राधाकृष्ण रथयात्रालाई भव्य र सभ्य बनाउन सबैलाई आग्रह गरे । रथयात्रा विराटनगरको मात्रै नभएर नेपालकै गौरव भएको उनको भनाइ थियो ।

विराटनगरको पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई भव्य बनाउन र आगामी दिनमा रथको व्यवस्थापनका लागि महानगरका तर्फबाट सम्पूर्ण सहयोग रहने मेयर कोइरालाले प्रतिबद्धता जनाए ।

राधाकृष्णको रथयात्रा भोलि आइतबार विराटनगरमा निकालिँदैछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!