संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका-४ पिपल चोकमा आज दिउँसो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । विराटनगरबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १-०१-००१ ख ४७०५ नम्बरको दिप यातायातको बसले दिउँसो करिब २ः३० बजे पैदलयात्रीलाई ठक्कर दिएको हो ।

Advertisement

ठक्करबाट विराटनगर-५ का ९२ वर्षीय दिलबहादुर खत्रीको मृत्यु भएको मोरङका ट्राफिक प्रहरी प्रमुख राजन लम्सालले संगालोखबरलाई जानकारी दिए । बसको ठक्करबाट बृद्ध खत्री गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएको भएपनि अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।घटनापछि बस र चालक पाँचथरको रानीगाउँका-४४ वर्षीय टेकबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!