संगालोखबर


विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ जलुवा टोलमा आज बिहान भएको दुर्घटनाका मृतक र घाइतेहरूको पहिचान भएको छ ।

दुर्घटनामा सप्तरीको महादेवा गाउँपालिका-६ का ३५ वर्षीय शंकर मण्डल र सुनसरी कोशी गाउँपालिका-६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगर-१० का ४० वर्षीय अशोक यादवको मृत्यु भएको हो । उनीहरूको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

Advertisement

यस्तै जिल्ला अस्पताल इनरुवा मृत्यु भएकी महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले ४५/५० वर्ष उमेर समूहकी महिलाको पहिचान खुलाउने प्रयास गरिरहेको छ ।

दुर्घटनामा २३ जना घाइते भएका छन् । उनीहरूको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहा, सुनसरी जिल्ला अस्पताल, गोल्डेन अस्पताल र विराट नर्सिङ होममा उपचार भइरहेको डीएसपी खतिवडाले जानकारी दिए ।

आज बिहान करिब ८ बजे विराटनगर-राजविराज रुटमा चल्ने प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रो बस र काँकडभिट्टा-दिक्तेल रुटमा चल्ने मे १ ख १७९९ नम्बरको बस एक-आपसमा ठोक्किएका हुन् । बसका चालक झापाको अर्जुनधारा नगरपालिका-१ का ३६ वर्षीय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेहरूको नामावली

१) मोरङको सुन्दरहरैँचा नगरपालिका-९ की अम्बिका राई
२) खोटाङको रावा वेसि गाउँपालिका-२ की निरूता परियार
३) सोही स्थानकी ३८ वर्षीया निर्मल परियार
४) सप्तरीको महादेवा गाउँपालिका-६ का रबिन्द्र प्रसाद मण्डल
५) उदयपुर चौदण्डीगढी नगरपालिका-५ की ५० वर्षीया रेनुका श्रेष्ठ
६) झापाको शिवसताक्षी नगरपालिका-५ का ३८ वर्षीय खगेन्द्र थापा
७) भद्रपुर नगरपालिका-९ का ५३ वर्षीय सन्तोष खत्री
८) उदयपुरका २० वर्षीय दीपक बिक
९) इलामका चुलाचुली गाउँपालिका-३ का ३६ वर्षीय सविन राई
१०) सप्तरीका रविन्द्र मेहता
११) सप्तरीकै ६८ वर्षीय जिवछ महात्मा
१२) खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० का ८४ वर्षीय नेत्रलाल गिरी (डिस्चार्ज)
१३) नेत्रलालका छोरा छोरा ३९ वर्षीय केदार गिरी (डिस्चार्ज)
१४) झापाको अर्जुनधारा-१ का २० वर्षीय सत्य राई
१५) सप्तरीको राजविराज नगरपालिका-६ का १० वर्षीय रुद्र राय
१६) विराटनगर-१० की ४८ वर्षीया सोभा यादव
१७) सप्तरीको राजविराज-१२ का ४४ वर्षीय प्रमोद रजक
१८) सप्तरीका २२ वर्षीय रवि राय
१९) राजविराज-२ का २४ वर्षीय भोला यादव
२०) राजविराजका ३५ वर्षीय प्रदिप यादव
२१) सुनसरीको कोशी गाउँपालिका-६ का ६० वर्षीय जोगिन्द्र दास (बाबा)
२२) डाक्नेश्वरी नगरपालिका-३ की ३० वर्षीय अमृता राय
२३) माइक्रोका सह-चालक राजविराज-४ का २१ वर्षीय सन्तोष बास्तोला (डिस्चार्ज)

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!