संगालोखबर

धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोख्रेल साउन २७ गते धनकुटा आउने भएका छन् । धनकुटाको हिलेमा आयोजना गर्न लागिएको एमाले कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकमा सहभागि हुन महासचिव पोख्रेल धनकुटा आउन लागेका हुन् ।

Advertisement

हिलेमा साउन २७ र २८ गते दुई दिन प्रदेश कमिटीको बैठक बस्ने तय भएको छ । सो बैठकलाई महासचिव पोख्रेलले संवोधन गर्ने एमाले कोशी प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङले जानकारी दिए । बैठकमा कोशी प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरुसँगै प्रदेशका एमाले शीर्ष नेताहरूको पनि सहभागिता रहनेछ ।

यसैबीच, एमाले कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई व्यवस्थित रुपमा सम्पन्न गर्न तयारी तिव्र पारिएको छ । सोही विषयमा आज धनकुटाको भेडेटारमा बैठक मुल व्यवस्थापन समितिको बैठक बसेको छ ।

बैठकले पूर्ण बैठकलाई व्यवस्थित र मर्यादित बनाउन विशेष सचिवालय गठन गरेको छ । त्यस्तै, खाद्य तथा आर्थिक व्यवस्थापन समिति र आवास व्यवस्थापन समिति पनि गठन गरिएको छ ।

बैठकलाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले व्यवस्थित रुपमा तयारी गरी बैठकलाई सव्य र भव्य रुपमा सम्पन्न गर्ने वातावरण निर्माण गर्न निर्देशन दिएका छन् । त्यस्तै, एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले बैठक व्यवस्थित र अर्थपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!