संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-२० स्थित पानीपिया जंगलमा स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा स्कुटर चालक झापाको बिर्तामोड नगरपालिका-५ का सुजन विक र पछाडि सवार सुरज विकको मृत्यु भएको हो ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज दिउँसो इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किएका थिए ।

बस चालक उदयपुरको बेलका नगरपालिका-३ का प्रेम मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!